अनुसूची ११
निजी क्षेत्रमा प्रयोगशाला स्थापना र सञ्चालनको लागि दिने निवेदन
(नियम २२ को उपनियम (१) खण्ड (क) सँग सम्बन्धित)
निजी क्षेत्रमा प्रयोगशाला स्थापना र सञ्चालनको लागि दिने निवेदन
श्री सदस्य–सचिव ज्यू,
राष्ट्रिय बीउ बिजन समिति
हरिहरभवन, ललितपुर ।
विषय ः प्रयोगशाला सञ्चालनको लागि अनुमतिपत्र सम्बन्धमा ।
महाशय,
मैले/हामीले बीउ बिजन ऐन, २०४५ र बीउ बिजन नियमावली, २०६९ बमोजिम
निजीस्तरमा बीउ बिजन प्रयोगशाला स्थापना र सञ्चालन गर्न चाहेकोले म/हामीसँग देहाय
बमोजिमको मेशिनरी, उपकरण, रसायन, भौतिक पूर्वाधार र जनशक्ति भएको व्यहोरा जानकारी
गराउँछु/गराउँछौँ । बीउ बिजन नियमावली, २०६९ मा उल्लेखित शर्तहरू पालना गर्ने गरी
प्रयोगशाला स्थापना र सञ्चालन गर्ने अनुमतिपत्र पाउनको लागि निवेदन पेश गरेको छु/गरेका
छौँ ।
निवेदकको
दस्तखतः
नाम, थरः
ठेगानाः
मितिः